लोड हुँदैछ...

मेनु

बजेटअघि नेप्से हरियो, कारोबार रकम ६ अर्ब नाघ्यो

बजेटअघि नेप्से हरियो, कारोबार रकम ६ अर्ब नाघ्यो

विराटनगर । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनु अघिको अन्तिम कारोबार दिन सेयर बजार सकारात्मक बनेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन सामान्य अंकले घटेको नेप्से बुधबार भने ४.९९ अंकले बढ्दै २७८२.१० विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इन्डेक्स १.२१ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ०.४३ अंकले उकालो लागेको छ ।

बजारसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३५४ वटा स्टकको ६० हजार ५६२ पटकको कारोबारमा ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर किनबेच भएको छ । वैशाख १५ यताकै पहिलोपटक कारोबार रकम ६ अर्ब नाघेको हो ।

कारोबारका क्रममा कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ । हालै सूचीकृत उक्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण उच्च देखिएको हो । त्यस्तै, बुंगल हाइड्रोको शेयरमूल्य १३.३७ प्रतिशत र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको ८.५२ प्रतिशतले बढेको छ । आँखुखोला जलविद्युत कम्पनीको मूल्य ३.९३ प्रतिशत तथा माथिल्लो मैलुङखोलाको ३.५१ प्रतिशतले बढेको छ ।

यता, कारोबारमा आएको १०.२५ प्रतिशत सानिमा डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ६.६४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा बुधबार पनि आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ७१ करोड २२ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढी, नेशनल हाइड्रोपावरको ३२ करोड रुपैयाँभन्दा बढी, अपी पावर र ङादी ग्रुपको उल्लेख्य कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूह घटेका छन् । बैंकिङ ०.२७ प्रतिशत, विकास बैंक ०.१३ प्रतिशत, जलविद्युत ०.०६ प्रतिशत, लगानी ०.५८ प्रतिशत, जीवन बीमा ०.६८ प्रतिशत, माइक्रोफाइनान्स ०.२९ प्रतिशत, निर्जीवन बीमा ०.५४ प्रतिशत तथा व्यापार समूह ०.७३ प्रतिशतले बढेका छन् ।

यता, अन्य उपसमूह ०.३० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४३ प्रतिशत, होटल तथा पर्यटन ०.२४ प्रतिशत तथा फाइनान्स समूह ०.३८ प्रतिशतले घटेका छन् ।

बजेटअघि लगानीकर्तामा देखिएको सकारात्मक मनोविज्ञानका कारण बजार हरियो बन्द भएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।