विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभामा आइतबारदेखि सुरु भएको छलफलमा उठेका जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएसँगै नीति तथा कार्यक्रम पारित भएको हो । यद्यपि विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संशोधन गर्ने समय नदिइएको बताउँदै उठेर विरोध गरेका छन् । त्यसपछि विपक्षी सबै सांसदहरु उठेर विरोध गरेपछि भोलीसम्मका लागि बैठक स्थगित भएको छ ।
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारितको घोषणा भइसकेपछि विवाद
विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले संशोधनको समय नदिएको भन्दै विरोध

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।