लोड हुँदैछ...

मेनु

कोशी प्रदेशको सार्वजनिक लेखा समितिको बैठक आज बस्दै

कोशी प्रदेशको सार्वजनिक लेखा समितिको बैठक आज बस्दै

विराटनगर । कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । दिउँसो प्रदेशसभाको बैठक सकिएलगत्तै समितिको बैठक बस्ने तयारी भएको सभापति राजन किरातीले जानकारी दिए ।

आजको बैठकमा मुख्य गरी महालेखा परीक्षकको कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनका बारेमा छलफल हुने कार्यसूची रहेको छ । महालेखाले औँल्याएका त्रुटी, बढ्दो बेरुजु र वित्तीय अनुशासनका विषयमा समितिले सरकारसँग जवाफ माग्ने र आवश्यक निर्देशन दिने तयारी गरेको छ ।

यसैगरी, समितिले केही समयअघि कोशी प्रदेशका तीन जिल्लाहरू ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुमा सञ्चालित विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन गरेको थियो । ती आयोजनाहरूको अवस्था, कामको गुणस्तर र ढिलासुस्तीका विषयमा तयार पारिएको अनुगमन प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुने सभापति किरातीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।