विराटनगर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान साढे ११ बजे बैठक सुरु हुनेछ ।
आजको बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्न र आलोचनाको जवाफ दिने कार्यसूची छ । गत शुक्रबारदेखि जारी बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । यद्यपि, केही नेताहरूले भने संकटको बेला नेतृत्वको संरक्षण गर्नुपर्ने भन्दै ओलीको बचाउ गरेका छन् । आज बाँकी रहेका नेताहरूले धारणा राखेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।