लोड हुँदैछ...

मेनु

कोशी प्रदेश नेकपा संसदीय दलको उपनेतामा गौतम, प्रमुख सचेतकमा चाम्लिङ

कोशी प्रदेश नेकपा संसदीय दलको उपनेतामा गौतम, प्रमुख सचेतकमा चाम्लिङ

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलको उपनेतामा बाबुराम गौतम चयन भएका छन् । सो पार्टीका दलका नेता इन्द्रबहादुर आङ्बोले दलको उपनेतामा गौतमलाई र प्रमुख सचेतकमा विद्या चाम्लिङलाई चयन गरेका हुन् ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको एकतापछि गरिएको सहमति अनुसार प्रमुख सचेतकमा चाम्लिङलाई चयन गरिएको हो । चाम्लिङ तत्कालिन नेकपा एकीकृत समाजवादी पार्टीकी हुन् भने गौतम माओवादी केन्द्रकै हुन् ।

यसअघि माओवादी केन्द्रले प्रमुख सचेतकको जिम्मेवारी गीता तिम्सिनालाई दिएको थियो । गौतम कोशी प्रदेशका पूर्व सभामुख समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।