काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित पहेँलो पुल क्षेत्रबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का २३ वर्षीय सन्दीप परियार रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो ।
प्रहरीले बिग्रिएको अवस्थामा रहेको बा४ख ५२४१ नम्बरको आइसर गाडीको सिटमुनि लुकाइछिपाइ राखिएको म्याग्जिनसहितको पेस्तोल बरामद गरेको जनाएको छ ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार हातहतियार लुकाएर राखिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको हो ।
पक्राउ परेका परियारविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।