लोड हुँदैछ...

मेनु

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

विराटनगर । ज्यान मार्ने उद्योग र हातहतियार खरखजना मुद्दाका एक फरार प्रतिवादीलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका वडा नं. १० हात्तिसुँडे बस्ने ४३ वर्षीय अर्जुन कुमार जिमी रहेका छन् ।

जिल्ला अदालत संखुवासभाले २०८२ साल चैत ४ गते गरेको फैसलाअनुसार जिमीलाई ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना मुद्दामा १ वर्ष ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । अदालतको फैसलापछि फरार रहँदै आएका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार उनकै घरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीका अनुसार पक्राउ परेका जिमीलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।