लोड हुँदैछ...

मेनु

कोशीमा एमाले संसदीय दलको बैठक बस्दै

कोशीमा एमाले संसदीय दलको बैठक बस्दै

विराटनगर । कोशी प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ।

बैठक बिहान ९ बजे प्रदेश सभा सचिवालयमा बस्ने तय भएको एमालेका प्रमुख सचेतक रमेश बस्नेतले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सरकारले प्रदेश सभामा पेश गर्न लागेको आगामी वर्षको नीति तथा कार्यक्रम र सरकारको हालसम्मको कामकारबाहीका विषयमा छलफल हुनेछ।

कोशी प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार रहेको छ। एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको भए पनि आफ्नै दलका केही सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

आजै दिउँसो ३ बजे प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। त्यसअघि बस्न लागेको एमाले संसदीय दलको बैठकलाई सत्तापक्षभित्रको आन्तरिक समन्वय र नीतिगत स्पष्टताका लागि महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।