लोड हुँदैछ...

मेनु

ग्लोबल क्वालिफायरको लक्ष्य: स्कटल्याण्डविरुद्ध आज ‘गर या मर’को स्थितिमा नेपाल

ग्लोबल क्वालिफायरको लक्ष्य: स्कटल्याण्डविरुद्ध आज ‘गर या मर’को स्थितिमा नेपाल

विराटनगर । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज घरेलु मैदान कीर्तिपुरमा नेपालले बलियो प्रतिस्पर्धी स्कटल्याण्डको सामना गर्दैछ । विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावना जीवित राख्न र एकदिवसीय मान्यता जोगाउन नेपालका लागि आजको खेल ‘गर या मर’ को स्थितिमा रहेको छ ।

अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपाललाई शीर्ष छभित्र रहँदै भविष्य सुरक्षित गर्न अबका बाँकी सबै १० खेल जित्नुपर्ने चुनौतीपूर्ण लक्ष्य छ । अघिल्लो खेलमा अमेरिकालाई ९ विकेटले हराएर उच्च मनोबलमा रहेको नेपाल आजको खेल जितेर स्कटल्याण्डसँगको अघिल्लो हारको बदला समेत लिन चाहन्छ । तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्याण्ड र नेपालबीचको यो निकै निर्णायक मानिएको भिडन्त बिहान ९:३० बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।