लोड हुँदैछ...

मेनु

मेयर कप फुटबल, विराटनगर १६ र ११ विजयी

मेयर कप फुटबल, विराटनगर १६ र ११ विजयी

विराटनगर । विराटनगरमा जारी ‘मेयर कप’ अन्तर वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलहरूमा वडा नम्बर १६ र ११ विजयी भएका छन्।

विराटनगरको बैजनाथपुरस्थित खेलमैदानमा भएको पहिलो खेलमा वडा नम्बर १६ ले वडा नम्बर ४ लाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो। वडा १६ का लागि आदेश थापा मगरले २ र केवल महर्जनले १ गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका आदेश थापा मगर खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

सोही दिन भएको दोस्रो खेलमा वडा नम्बर ११ ले वडा नम्बर १५ लाई १–० गोल अन्तरले पाखा लगायो। वडा ११ का लागि सञ्जय लिम्बूले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक बन्यो। सञ्जय नै उक्त खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए।

प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुने आयोजकले जनाएको छ। पहिलो खेल वडा नम्बर १३ र २ बीच हुनेछ भने दोस्रो खेलमा वडा नम्बर १९ र ३ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।