लोड हुँदैछ...

मेनु

अम्बे–कोशीका थप ३३९ बचतकर्ताले रकम फिर्ता पाउने

अम्बे–कोशीका थप ३३९ बचतकर्ताले रकम फिर्ता पाउने

विराटनगर । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशले समस्याग्रस्त घोषणा गरिएको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता तथा ऋण असुली कार्यलाई तीव्र बनाएको छ ।

समितिका सदस्य जीवन काफ्लेका अनुसार दोस्रो चरणअन्तर्गत २० हजार रुपैयाँभन्दा माथि र १ लाख रुपैयाँभन्दा कम बचत भएका ३३९ जना बचतकर्तालाई बचत फिर्ताको प्रक्रिया अगाडि बढाइएको छ । उनीहरुले पनि प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले बचत रकम फिर्ता पाउनेछन् ।

यसअघि पहिलो चरणमा २० हजार रुपैयाँभन्दा कम बचत भएका ३१२ जना बचतकर्तालाई रकम भुक्तानी गरिसकिएको समितिले जनाएको छ । समितिका अनुसार बचतकर्ताको रकमबाटै हालसम्म २ करोड ५२ लाख ४४ हजार रुपैयाँ बराबरको ऋण मिलान गरिएको छ ।

समितिका अध्यक्ष भरतबहादुर थापाले आगामी दिनमा ऋण असुली कार्यलाई अझ प्रभावकारी बनाउँदै बचत फिर्ता प्रक्रियालाई थप सहज बनाइने बताए । समितिले हालसम्म कुल ३ करोड ५० लाख ८१ हजार रुपैयाँ बराबरको रकम बचतकर्तालाई फिर्ता गरिसकेको जनाएको छ ।

कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई प्राथमिकतामा राख्दै कार्य अघि बढाएको छ । समितिले सहकारीपीडितलाई राहत दिने काममा प्रदेश अन्य क्षेत्रभन्दा अगाडि रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।