पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथर का अनुसार मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजिकैको बारीबाट टिपेर ल्याएको च्याउको तरकारी खाएका सबै जना बिरामी परेका हुन् ।
बेलुका करिब ५ बजेदेखि वाकवाकी लाग्ने र पेट दुख्ने लक्षण देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। बिषाक्त च्याउका कारण हर्कमाया राईसहित ३२ वर्षीय समीर लिम्बू, २३ वर्षीया बिनिता राई, ७८ वर्षीय दलप्रसाद लिम्बू र ७३ वर्षीया दलमाया लिम्बू बिरामी परेका हुन् ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको छ। अस्पतालका अनुसार बिरामीहरुको अवस्था सुधार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।