लोड हुँदैछ...

मेनु

सुनसरी र धनकुटाका चार युवा अनलाइन ठगीको आरोपमा पक्राउ

सुनसरी र धनकुटाका चार युवा अनलाइन ठगीको आरोपमा पक्राउ

विराटनगर । अनलाइनमार्फत सर्वसाधारणलाई डर र धम्की देखाएर ठगी गरेको आरोपमा सुनसरी र धनकुटाका चार जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी नगरपालिका–३ का ३० वर्षीय दीपक लिम्बु, सुनसरीको धरान उपमहानरपालिका–९ का २१ वर्षीय सौरब भुजेल, धरान–१३ का २८ वर्षीय सजल राई र इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका छन्।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। यो समूहले अनलाइनका माध्यमबाट पीडितहरूलाई विभिन्न डर र धम्की दिई रकम हाल्न लगाएर ठगी गर्ने गरेको आरोप छ। पक्राउ परेका चारै जना विरुद्ध अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।