लोड हुँदैछ...

मेनु

नोबेल मेडिकल कलेजको लापर्वाहीले विरामीको मृत्यु !

नोबेल मेडिकल कलेजको लापर्वाहीले विरामीको मृत्यु !

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शल्यक्रियापछि एक बिरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।

मोरङको कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृगौलाको पत्थरीको शल्यक्रिया गरिएपछि उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

भण्डारीलाई वैशाख १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन दूरबिन (ल्याप्रोस्कोपिक) प्रविधिबाट शल्यक्रिया गरिएको थियो।

अस्पतालका अनुसार शल्यक्रिया सफल भएपछि भण्डारीलाई अब्जरभेसनमा राखिएको थियो। तर, त्यसपछि अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ।

मृतकका आफन्तले भने चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै शनिबार बिहान अस्पतालमा प्रदर्शन गरेका छन्। प्रदर्शनपछि अस्पतालको अवस्था केही समय तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएको थियो। अस्पतालका व्यवस्थापक दीपेश राईले उपचारमा कुनै लापरबाही नभएको दाबी गरेका छन्। बिरामीको स्वास्थ्य जटिल बन्दै गएपछि उपचारकै क्रममा मृत्यु भएको उनको भनाइ छ।

अस्पतालले मृत्युको कारण खुलाएको छैन । नोबेलमा लापर्वाहीको कारण विरामीको मृत्यु भएको घटना बारम्बार दोहोरिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।