विराटनगर । विकास र जनसेवाका कार्यमा सक्रिय योङ कम्युनिष्ट लिग ९वाइसिएल० नेपाल पाँचथरले श्रमदानमार्फत उदाहरणीय काम सम्पन्न गरेको छ। नेपाली कम्युनिष्ट पार्टीको भातृ संगठन वाइसिएलले फिदिम नगरपालिका–१, माथिल्लो गाउँकी घरविहीन दलित महिला बिमला दर्जीलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ।
दाताहरुको सहयोग र वाइसिएलको श्रम शक्ति परिचालन गरी करिब ५ लाख रुपैयाँको लागतमा सो घर निर्माण गरिएको हो। घर हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपा कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग ‘मिक्सो’ ले भने, ूतपाईंहरुले भनेको जस्तो त भएन होला, आफूले बनाएजस्तो त हुँदैन तर पनि बर्खा र हिउँदमा बस्न मिल्ने गरी घर बनाइदिएका छन्, यसलाई सकारात्मक लिनुहोला।ू नेता नेम्वाङ्गले नेपाली समाजमा सकारात्मक भन्दा नकारात्मक सोच हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै काम गर्नेलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
यसैगरी, वाइसिएलले फालेलुङ–७ स्थित धुवाँ खोलामा दुई वर्षअघि बाढीले बगाएको पुल पनि श्रमदानमार्फत निर्माण सम्पन्न गरेको छ। कञ्चनजंगा समूह, नेकपा र वाइसिएल पाँचथरको संयुक्त प्रयासमा पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ।
वाइसिएल पाँचथरले विगतदेखि नै बाटो निर्माण, कुलो मर्मत जस्ता जनसेवाका कार्यहरूमा आफूलाई सक्रिय राख्दै आएको छ। यी विकास निर्माणका कामहरूमा नेकपा कोशी प्रदेश अध्यक्ष नेम्वाङ्ग र प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो लगायतका नेताहरूले निरन्तर साथ र सहयोग गर्दै आएका छन् । श्रमदानलाई विकासको मुख्य आधार बनाउँदै वाइसिएलले जनस्तरमा सकारात्मक प्रभाव छाडेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।