काठमाडौं । यूएईविरुद्धको खेलमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको खेलमा नेपालका बलर नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए।
अन्तिम ओभरमा यूएईलाई १४ रन आवश्यक थियो। पहिलो बलमा खुजैमा तनवीरले चौका प्रहार गरे। दोस्रो बलमा यादवले तनवीरलाई आउट पारे भने तेस्रो बलमा जुनैद सिद्धिकी रनआउट हुन पुगे।
चौथो बलमा अक्षदीप नाथले चौका प्रहार गर्दै यूएईलाई खेलमा फर्काए। यूएईलाई दुई बलमा ७ रन आवश्यक थियो। नन्दनले बाँकी दुई बलमा रन नदिँदा खेल नेपालको पोल्टामा पर्यो।
वर्षाले प्रभावित बनेको खेलमा यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो। यूएईले ३८ ओभरमा ८ विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो। मुहम्मद शहदाद ले ६५, तनवीरले ४९, आर्यान्स शर्माले ३३ तथा अक्षदीप नाथले अविजित ३६ रन जोडे।
नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए।
यसअघि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेल्दै १०० रन बनाए। विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रन जोडे।
यूएईका अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई विकेट लिए भने हैदर अली ले एक विकेट लिए। यसअघिको खेलमा पनि नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।