लोड हुँदैछ...

मेनु

विराटनगरका विद्यालयमा आजदेखि शैक्षिक गतिविधि सुरु

विराटनगरका विद्यालयमा आजदेखि शैक्षिक गतिविधि सुरु

विराटनगर । विराटनगरका विद्यालयहरूले आजदेखि विद्यार्थीहरूलाई विद्यालय बोलाएर शैक्षिक गतिविधि सुरु गरेका छन्। सरकारले वैशाख १५ गतेदेखि मात्रै भर्ना अभियान सुरु गर्न निर्देशन दिएको भए पनि लामो समय घरमा बस्दा विद्यार्थीको पढ्ने बानीमा असर परेको भन्दै यहाँका विद्यालयहरूले आजैदेखि रचनात्मक कार्यक्रम सुरु गरेका हुन्।

प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठका अनुसार विद्यार्थीलाई विद्यालयको वातावरणमा अभ्यस्त गराउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न आजदेखि विभिन्न सृजनात्मक क्रियाकलाप सुरु गरिएको हो। औपचारिक पठनपाठन वैशाख २१ गतेबाट हुने भए पनि अभिभावकको आग्रह र विद्यार्थीको उत्साहलाई मध्यनजर गर्दै आजैदेखि विद्यालयमा चहलपहल सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।