लोड हुँदैछ...

मेनु

सीमामा कडाइ: ५० हजारको किराना सामान बरामद

सीमामा कडाइ: ५० हजारको किराना सामान बरामद

विराटनगर । झापाको काँकडभिट्टा नाकाबाट प्रहरीले ५० हजार रुपैयाँ बराबरको अवैध किराना सामान बरामद गरेको छ । भारतीय बजारबाट खरिद गरेर ल्याइएका कोकाकोला, खैनी, अगरबत्ती र स्याम्पुजस्ता साधारण सामग्री सोमबार दिनभरको निगरानीका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारले भारतबाट एक हजार रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियममा कडाइ गरेपछि भारतीय बजारमा किनमेल गर्न जाने सर्वसाधारण उपभोक्ताहरू मारमा परेका छन् । घरायसी प्रयोजनका लागि ल्याइने सामान्य वस्तुमा समेत प्रहरीले कडाइ गर्दा सीमावर्ती क्षेत्रका बासिन्दाले सास्ती भोग्नुपरेको छ ।

मेचीनगर–६ स्थित भन्सार गेट क्षेत्रबाट बरामद गरिएका यी सामग्री हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।