लोड हुँदैछ...

मेनु

मनोहरा बस्ती भत्काउन डोजरसहित पुगे सुरक्षाकर्मी

मनोहरा बस्ती भत्काउन डोजरसहित पुगे सुरक्षाकर्मी

काठमाडौं । सरकारले काठमाडौंका तीन ओटा सुकुम्बासी बस्ती खाली गरेपछि भक्तपुर र काठमाडौंको सिमानामा पर्ने मनोहरा खोला किनारको बस्ती खाली गर्न थालेको छ । आज बिहानै बस्ती हटाउन ठूलो संख्यामा सुरक्षाकर्मीहरु मनोहरा बस्तीमा डोजरसहित पुगेका छन् ।

हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए । त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुनः मनोहरा क्षेत्रमा पुगेको छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो । आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।