लोड हुँदैछ...

मेनु

जहदा कप क्रिकेट टुर्नामेन्ट–२०८३ः तेश्रो खेलमा जहदा–३ विजयी

जहदा कप क्रिकेट टुर्नामेन्ट–२०८३ः तेश्रो खेलमा जहदा–३ विजयी

विराटनगर । मोरङको जहदा गाउँपालिकामा जारी ‘जहदा कप क्रिकेट टुर्नामेन्ट–२०८३’ को तेश्रो खेल जहदा–३ ले जितेको छ ।

प्रतिस्पर्धी टीम धनपालथान–४ लाई ६ विकेटले पराजित गर्दै जहदा–३ ले शनिबार सम्पन्न टुर्नामेन्टको तेश्रो खेल जितेको हो । टस जितेर ब्याटिङ गरेको धनपालथान–४ ले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १३८ रनको स्कोर खडा गरेको थियो । १३९ रनको लक्ष्य पाएको जहदा–४ ले अन्तिम ओभरको प्रगतिमा ५ विकेट गुमाउँदै विजयी हाँसिल गर्यो ।

टुर्नामेन्टका म्यान अफ द म्याच जहदा–३ का इरसाद अन्सारी घोषित भए । खेलमा २ विकेट लिएर ६२ रनको योगदान पुर्याएका उनले मेडल र प्रमाणपत्र प्राप्त गरे । लिगकम नकआउटको आधारमा वैशाख १९ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टमा जहदा र धनपालथानका ७/७ वटा टिमले सहभागिता जनाएका छन् । टुर्नामेन्टको आईतबार हुने खेल भने जहदा–६ र धनपालथान–१ तथा जहदा–१ र धनपालथान–५ बिच हुने आयोजक संस्थाले जनाएको छ । संस्थाका अनुसार टुर्नामेन्टका क्वार्टर फाईनल खेलहरु वैशाख १५ र सेमिफाईनल खेलहरु १७ गतेबाट सुरु हुनेछ ।

टुर्नामेन्टको फाईनल खेल भने बैशाख १९ गते हुने आयोजक संस्था लक्ष्मिनिया युवा क्लबका अध्यक्ष नितेश कुमार साहले बताए । उनले खेलको विजेता र उप–विजेता टिमले क्रमशः ५१ हजार र २५ हजारको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने जानकारी दिए ।

टुर्नामेन्टको म्यान अफ द सिरिजले भने ५ हजार ५ सयको नगद पुरस्कारसहित मेडल र प्रमाण–पत्र प्राप्त गर्ने बताईएको छ । राष्ट्रियस्तरका नयाँ खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ जहदा गाउँपालिकासँगको सहकार्यमा लक्ष्मिनिया युवा क्लबले भने प्रत्येक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।