लोड हुँदैछ...

मेनु

राप्रपा नेता पाण्डे पक्राउ पर्नुको कारण : ई–बिडिङ ह्याक गरेर ठेक्का कब्जा गर्नु

राप्रपा नेता पाण्डे पक्राउ पर्नुको कारण : ई–बिडिङ ह्याक गरेर ठेक्का कब्जा गर्नु

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विक्रम पाण्डेलाई पक्राउ गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्रीसमेत रहेका पाण्डेलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो।

सीआईबीका एआइजी मनोजकुमार केसीका अनुसार सार्वजनिक खरिद प्रणाली अन्तर्गत ई–बिडिङ वेबसाइट ह्याक गरी आफ्नो कम्पनीलाई ठेक्का पार्ने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन्।

प्रहरीका अनुसार ठेक्का प्राप्त गर्ने क्रममा आवश्यक कागजातमा हेरफेर गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। यससम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा २०७५ मंसिर २१ गते पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो प्रकरणमा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

पाण्डे राप्रपाका वरिष्ठ नेता तथा उपाध्यक्षसमेत हुन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।