लोड हुँदैछ...

मेनु

विराटनगरको एक होटलबाट धर्म प्रचारमा संलग्न ६ विदेशी पक्राउ

विराटनगरको एक होटलबाट धर्म प्रचारमा संलग्न ६ विदेशी पक्राउ

​विराटनगर । ​ विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा अवैध रूपमा धर्म प्रचार गरिरहेको अवस्थामा प्रहरीले ६ जना सिंगापुरका नागरिकलाई नियन्त्रणमा लिएको छ। ​

शनिबार बिहान होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको माेरङका सहायक प्रमुख जिल्ला अधिकारी सराेज काेइरालाले जानकारी दिए । ​

पक्राउ पर्नेमा कार्यक्रमका मुख्य नेतृत्वकर्ता सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी नागरिक रहेका छन्। उनीहरूसँगै नेपाली सहयोगी निरा राजभण्डारी र १६ वर्ष मुनिका १२ जना किशोरीसहित कुल ३० जना कार्यक्रममा सहभागी थिए।

​प्रहरीका अनुसार हलभित्र लाफिङ बुद्धको मूर्ति राखेर गौतम बुद्धको ज्ञानका नाममा प्रशिक्षण दिने बहानामा धर्म प्रचार भइरहेको पाइएको हाे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।