विराटनगर । विराटनगरको सहिद रंगशालामा आज शनिबार राति ७ बजे ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनल हुँदैछ । उपाधिका लागि पूर्व विजेता झापा–११ र प्रतियोगितामा पहिलो पटक सहभागी भएको घरेलु टोली सम्राट स्पोर्ट्स क्लब बीचु प्रतिस्पर्धा हुने निश्चित छ ।
२०७१ सालको विजेता झापा–११ यसपटक दोस्रो पटक इतिहास रच्ने दाउमा छ । विभागीय टोलीहरू त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब जस्ता बलिया प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै फाइनल पुगेको झापासँग विदेशी खेलाडीहरूको बलियो साथ छ । प्रशिक्षक गणेश खड्का खेलाडीका रूपमा जितेको उपाधि अहिले प्रशिक्षक बनेर पुनः दोहोर्याउन दृढ देखिन्छन् ।
पहिलो पटक मैदान ओर्लिएको घरेलु टोली सम्राट स्पोर्ट्स क्लब अहिले घरेलु दर्शकको साथले उपाधि जित्ने दाउमा रहेको छ । लिग च्याम्पियन चर्च ब्वाइज र भारतीय टोलीलाई हराउँदै सम्राट फाइनल पुगेको हो ।
आज राति ७ बजे हुने फ्लडलाइट म्याचको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।