लोड हुँदैछ...

मेनु

झापाबाट गैंडाको खाग लिएर आउँदै गरेका चार जना सुनसरीको बर्जुबाट पक्राउ

झापाबाट गैंडाको खाग लिएर आउँदै गरेका चार जना सुनसरीको बर्जुबाट पक्राउ

विराटनगर । सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति प्रहरीले गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको हो ।

झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका अधारमा खागसहित बर्जु–६ ताल नजिकबाट चार जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।