विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार र सत्ता साझेदार दलहरूलाई अब नयाँ बाचापत्रहरू नल्याउन सुझाव दिएका छन् । अध्यक्ष साम्पाङले अहिलेसम्म सार्वजनिक गरिएका बाचापत्र र प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्नतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्रीले निर्वाचनदेखि हालसम्म विभिन्न चरणमा थरिथरिका बाचापत्र र प्रतिबद्धताहरू सार्वजनिक गर्दै आएका छन् । रास्वपाले निर्वाचनका बेला सार्वजनिक गरेको वाचापत्र, सरकार गठनपछिको १०० बुँदे प्राथमिकता र हालै १८ शीर्षकमा सार्वजनिक गरिएका सयौं बुँदे प्रतिबद्धताहरूतर्फ संकेत गर्दै साम्पाङले अब थप प्रतिबद्धता बाँड्नुभन्दा पुराना वाचाहरू पूरा गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् ।
जनताले नयाँ दस्तावेजभन्दा पनि पुराना प्रतिबद्धताहरूको ठोस नतिजा पर्खिरहेको उल्लेख गर्दै उनले अब धेरै बाचापत्र नल्याउन र मन्त्रीहरूको सम्पत्तिको स्रोत समेत सार्वजनिक गर्न आग्रह गरेका छन् । जनतालाई भ्रममा राख्नुभन्दा काम गरेर देखाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको उनको तर्क छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।