लोड हुँदैछ...

मेनु

राष्ट्रनिर्माण स्कुलद्वारा साढे ६ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण

राष्ट्रनिर्माण स्कुलद्वारा साढे ६ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण

विराटनगर । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० मा रहेको राष्ट्रनिर्माण सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीहरूलाई ठूलो रकम बराबरको छात्रवृत्ति वितरण गरेको छ। विद्यालयले शनिबार वार्षिक नतिजा प्रकाशनको अवसर पारेर ६ लाख ५४ हजार ९३६ रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको हो।

मेहनती, लगनशील तथा प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रिन्सिपल विश्वास ढकालले जानकारी दिए। ‘छात्रवृत्तिले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरणा मिल्नेछ। यसले उनीहरूमा अनुशासन र पढाइप्रति रुचि जगाउन मद्दत पुग्ने हाम्रो विश्वास छ,’ प्रिन्सिपल ढकालले भने ।

वार्षिक नतिजा प्रकाशन तथा छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। सो अवसरमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालय प्रशासनले आगामी शैक्षिक सत्रमा अझ उत्कृष्ट नतिजा ल्याउन शुभकामना समेत व्यक्त गरेको छ।

लामो समयदेखि शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित राष्ट्रनिर्माण स्कुलले विद्यार्थीहरूको चौतर्फी विकासका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। रतुवामाई नगरपालिकाभित्र यो विद्यालय पढाइका साथै खेलकुद, कला, साहित्य, नृत्य र गायन जस्ता अतिरिक्त क्रियाकलापमा पनि अब्बल मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds