लोड हुँदैछ...

मेनु

सुनुवाइ नसकिएपछि ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

सुनुवाइ नसकिएपछि ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । आज आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।

आज सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जानकारी दिएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीविरुद्ध अनुसन्धानका गर्न सिफारिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।