लोड हुँदैछ...

मेनु

शैक्षिक सत्र दुई साता धकेलियो, वैशाख १५ बाट सुरु हुने

शैक्षिक सत्र दुई साता धकेलियो, वैशाख १५ बाट सुरु हुने

विराटनगर । सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गते सुरु गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले शैक्षिक सत्र १३ दिन ढिला गर्ने निर्णय गरेको हो।

यसअघि वैशाख २ मा नयाँ शैक्षिक सत्रको सुरुवात हुने गरेको थियो। शैक्षिक सत्रलाई २ साता पछाडि धकेल्नुको कारणबारे भने सरकारले केहि उल्लेख गरेको छैन ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र अब वैशाख १५ मा सुरु गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
आजकै बैठकले शैक्षिक संस्था र सरकाकरी कार्यालयमा शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।