लोड हुँदैछ...

मेनु

केपी ओली र रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

केपी ओली र रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

गत भदौ २३ र २४ गते भएको ुजेनजी आन्दोलनु को घटनामा अनुसन्धानका लागि पक्राउ परेका दुवै नेताका तर्फबाट गत चैत १५ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो। उक्त निवेदनमाथि पहिलो पटक चैत १६ गते सुनुवाइ गर्दै अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयलगत्तै प्रहरीले दुवै नेतालाई चैत १४ गते पक्राउ गरेको थियो। आयोगले उक्त घटनामा उनीहरूको भूमिका रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो।

पक्राउ परेका नेताहरूले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। आजको सुनुवाइले उनीहरूलाई थुनामुक्त गर्ने वा हिरासतमा राखेरै अनुसन्धान अघि बढाउने भन्ने विषयमा महत्वपूर्ण आदेश दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।