विराटनगर । प्रतिनिधिसभाले आज औपचारिक रुपमा सभामुख पाउँदैछ । निर्विरोध निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याललाई आज बस्ने प्रतिनिधिसभाको बैबठकमा उनी सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषण गर्ने कार्यसूचि तय भएको छ ।
आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । सिंहदरबारस्थित संसद् भवनमा बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक छन् भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका छन् ।
यसैगरी, आजै दिउँसो १२ः१५ बजे राष्ट्रियसभा बैठक पनि बस्दै छ । बैठकमा विभिन्न प्रतिवेदनहरु पेस गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।