लोड हुँदैछ...

मेनु

झापा र मोरङबाट ठूलो परिमाणमा लागूऔषध बरामद: चार जना पक्राउ

झापा र मोरङबाट ठूलो परिमाणमा लागूऔषध बरामद: चार जना पक्राउ

विराटनगर । प्रहरीले झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित चार जनालाई पक्राउ गरेको छ। चैत २१ गते बुधबार भएको दुई फरक-फरक कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

मोरङको उर्लाबारीबाट विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उर्लाबारी नगरपालिका–३ बाट भारी मात्रामा प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाल रहेका छन्।

उनीहरूको साथबाट २६ हजार ६५ पिस विभिन्न प्रकारका प्रतिबन्धित औषधिहरू, ७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर र २ किलो २३० ग्राम गाँजा बरामद भएको छ। साथै, प्रहरीले नगद २२ हजार २७० रुपैयाँ, ३ थान मोबाइल र प्र.१-०२-५९ प १८५९ नम्बरको स्कुटर समेत जफत गरेको छ।

यसैगरी, झापाको भद्रपुर नगरपालिका–३ आँपगाछीस्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ का मनराज राई र खगेन्द्र गौतम रहेका छन्। उनीहरूको साथबाट २ ग्राम ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ।

पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन्। लागूऔषध नियन्त्रणका लागि प्रहरीले विशेष सक्रियता देखाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।