लोड हुँदैछ...

मेनु

जनताले मनायो विश्व अटिजम जागरुकता दिवस

जनताले मनायो विश्व अटिजम जागरुकता दिवस

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसमा विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीहरुले “विश्व अटिजम जागरुकता दिवस” का अवसरमा विहीवार प्रभात फेरी गरेका छन् ।

विराटनगरको पुष्पलाल चोक स्थित क्याम्पस परिसरबाट निकालिएको ¥याली दुग्ध विकास संस्थान चोक, राजवंशी चोक हुँदै पुनः पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई पूर्व क्याम्पस प्रमुख डाक्टर रमेशबाबु काफ्ले, उपप्राध्यापकद्वय डाक्टर नागेश्वर सिंह, उत्तम राई लगायतले विश्व अटिजम जागरुकता दिवसको महत्व र आवश्यकताका विषयमा प्रकाश पारेका थिए ।

¥यालीमा सहभागिले अटिजम सम्बन्धि चेतनामूलक प्लेकार्ड बोकेका थिए । ¥यालीमा विशेष आवश्यकता शिक्षा, सामाजिक कार्य अन्तर्गत स्नातक र स्नातकोत्तर तह, कानूनमा अध्ययनरत विद्यार्थीहरुका साथै शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको थियो । अप्रिल दुई तारिखका दिन विश्वभर “विश्व अटिजम जागरुकता दिवस” मनाउने गरिन्छ ।

जनता आदर्श बहुमुखी क्याम्पसमा अपङ्गता भएका बालवालिकालाई कसरी शिक्षा दिने विषयको “विशेष आवश्यकता शिक्षा”, सामाजिक कार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।