लोड हुँदैछ...

मेनु

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्यो, प्रतिब्यारेल १०० डलर नाघ्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्यो, प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेर ब्रेन्ट क्रुड प्रतिब्यारेल १०० डलर माथि पुगेको छ । सोमबार ठूलो गिरावट देखिए पनि मंगलबार एसियाली कारोबारमा ब्रेन्टको मूल्य ३.७५ प्रतिशतले वृद्धि हुँदै १०३.६९ डलर पुगेको छ । यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित नयाँ आक्रमण स्थगित गर्दै छिट्टै शान्ति सम्झौता हुन सक्ने संकेत दिएपछि ब्रेन्टको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको थियो ।

तर, इरानले अमेरिकासँग कुनै वार्ता नभएको दाबी गरेपछि लगानीकर्ताहरू अन्योलमा परेका छन्, जसका कारण तेल बजारमा पुनः उतारचढाव देखिएको हो । अमेरिकी राष्ट्रपतिको शान्ति सम्झौताको संकेत र इरानको खण्डनका बीच सिर्जना भएको अन्योलले विश्व बजारमा तेलको मूल्यमा प्रभाव पारेको छ । इरान र अमेरिकाबीचको पछिल्लो सम्बन्ध र दाबी(प्रतिदाबीले गर्दा लगानीकर्ताहरू ससंकित हुँदा तेलको मूल्यमा फेरि बढोत्तरी देखिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।