विराटनगर । सङ्खुवासभाको मकालु गाउँपालिका–२ की १४ वर्षीया फुर्लामु शेर्पालाई जटिल स्वास्थ्य अवस्थापछि आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
करिब १८ घण्टाभन्दा बढी प्रसव पीडामा रहेकी शेर्पाको गर्भमै शिशुको मृत्यु भएको थियो ।
अत्यधिक पीडा, रक्तस्राव तथा अन्य जटिल लक्षण देखिएपछि उनको ज्यान जोखिममा परेको भन्दै तत्काल उद्धारको पहल गरिएको हो। चिकित्सकका अनुसार अवस्था गम्भीर बनेपछि उनलाई जिल्ला बाहिर विशेषज्ञ उपचारका लागि लैजान आवश्यक देखिएको थियो।
राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी उनको उद्धार गरिएको हो। उद्धारपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।