विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ बसपार्क क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको विहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज वडा नं. २५ बस्ने २५ वर्षीय बिपुल बर्मा रहेका छन्। उनलाई बुधबार दिउँसो करिब ४ बजेको समयमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा बर्माको साथबाट प्लाष्टिकमा प्याक गरी राखिएको अवस्थामा १०० ग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद गरिएको पदार्थको तौल प्लाष्टिक बाहेक १०० ग्राम रहेको छ। पक्राउ परेका बर्मालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।