लोड हुँदैछ...

मेनु

भीषण हावाहुरीको सम्भावनापछि पोखरिया माध्यमिक विद्यालयको कक्षा ८ को परीक्षा स्थगित

भीषण हावाहुरीको सम्भावनापछि पोखरिया माध्यमिक विद्यालयको कक्षा ८ को परीक्षा स्थगित

विराटनगर, । कोशी प्रदेशका तराई क्षेत्रमा शनिबार भीषण हावाहुरी आउने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै विराटनगरस्थित पोखरिया माध्यमिक विद्यालयले कक्षा ८ को वार्षिक परीक्षा स्थगित गरेको छ।

विद्यालयले शुक्रबार एक सूचना जारी गर्दै चैत ७ गते शनिबारका लागि तय गरिएको कक्षा ४, ५ र कक्षा ८ को वार्षिक परीक्षा हाललाई स्थगित गरिएको जानकारी दिएको हो। कोशी प्रदेशको तराई क्षेत्रमा तीव्र गतिमा आँधीबेहरी आउने पूर्वानुमान भई सावधानी अपनाउन र सतर्कता अपनाउन सन्देश जारी भएका कारण विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर विद्यालयले यस्तो निर्णय लिएको हो।

सूचनामा उल्लेख भएअनुसार शनिबार विद्यालय पूर्ण रूपमा बन्द रहनेछ। स्थगित गरिएको उक्त दिनको परीक्षा कुन मितिमा सञ्चालन हुने भन्नेबारे विद्यालयले पछि अर्को सूचनामार्फत जानकारी गराउने बताएको छ।

यद्यपि, चैत ८ गतेदेखि हुने अन्य परीक्षाहरू भने पूर्व निर्धारित परीक्षा तालिका (Routine) अनुसार नै यथावत् रूपमा सञ्चालन हुने विद्यालयले जनाएको छ। विद्यालयले आफ्ना विद्यार्थी र अभिभावकहरूलाई मौसमको प्रतिकुलतालाई ध्यानमा राख्दै सुरक्षित रहन समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।