काठमाडौँ । शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा हुने यस लिगको पहिलो दिन आज दुईवटा खेलहरू हुनेछन् ।
ललितपुरस्थित च्यासल मैदानमा हुने उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फाका अनुसार यो खेल बिहान ११ बजे सुरु हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् ।
प्रतियोगितामा विभागीय टोलीहरूसहित कुल १० टोलीहरूको सहभागिता रहेको छ । लिगमा एपीएफ क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्युरोड टिम(एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लब सहभागी छन् ।
वैशाख १२ गतेसम्म सञ्चालन हुने यो लिग सिंगल राउन्ड रोविनका आधारमा खेलाइनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुरको च्यासल मैदानमा हुने एन्फाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।