विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन योगासँगै सुरुवात भएको छ ।
आज सभापति रवि लामिछानेले सम्बोधन गरेसँगै अभिमुखीकरण समापन गर्ने तयारी छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए ।
दुई दिने अभिमुखीकरण कार्यक्रम आजै समापन गरिदैछ । उद्घाटन सत्रमा उपस्थित नभएका वरिष्ठ नेता बालेन्द्र शाह समापन समारोहमा उपस्थित हुने भनिए पनि उनी सहभागी नहुने बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।