लोड हुँदैछ...

मेनु

होटलबाट अनैतिक गतिविधि गरेको आशंकामा १० जना नियन्त्रणमा

होटलबाट अनैतिक गतिविधि गरेको आशंकामा १० जना नियन्त्रणमा

विर्तामोड । अर्जुनधारा नगरपालिका–११ बसपार्क क्षेत्रस्थित एक होटलबाट अनैतिक गतिविधि भइरहेको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सोमबार राति अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी नायव निरीक्षक राजेश पौडेलको नेतृत्वमा खटिएको टोलीले बसपार्क क्षेत्रदेखि करिब १०० मिटर दक्षिणमा रहेको राईमान होटल एण्ड लज मा चेकजाँच गर्दा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा पर्नेमा पाँचथरकी १९ वर्षीया मन्जुला सिवा, इलाम सन्दकपुर गाउँपालिका–५ की २२ वर्षीया उर्जली राई, झापाको भद्रपुर–३ की २२ वर्षीया सन्ध्या लिम्बु, मोरङ मिक्लाजुङ–३ की २४ वर्षीया बिना राई र ताप्लेजुङकी २१ वर्षीया रेसा लिम्बु रहेका छन्। त्यस्तै दार्जिलिङ बस्ने ३८ वर्षीय भिमबहादुर कागते, ३८ वर्षीय रोशन मगर, ४२ वर्षीय सन्तोष कागते, ४० वर्षीय विक्रम थापा र इलाम–११ का २९ वर्षीय सन्तोष लिम्बु पनि नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।