लोड हुँदैछ...

मेनु

एमाले नेता विनोद ढकालले बुझाए ९ लाख ७० हजार चुनावी खर्च विवरण

एमाले नेता विनोद ढकालले बुझाए ९ लाख ७० हजार चुनावी खर्च विवरण

विराटनगर । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विनोदप्रसाद ढकालले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन् । ढकालले निर्वाचन कार्यालयमा पेश गरेको विवरण अनुसार चुनाव प्रचारप्रसारका क्रममा जम्मा ९ लाख ७० हजार ३५८ रुपैयाँ खर्च भएको जनाएका छन् ।

ढकालले बुझाएको खर्च विवरणमा उम्मेदवारको दर्ता धरौटी बापत १० हजार, मतदाता नामावली खरिदमा १८ हजार, सवारी साधन, इन्धन तथा भाडामा १ लाख २९ हजार ७००, विभिन्न सामग्री ढुवानी (पर्चा, पोस्टर, पम्पलेट) मा २ लाख १५ हजार, झण्डा, ब्यानर, स्टिकर र साउन्ड सर्भिसमा १ लाख २४ हजार, सम्पर्क कार्यालय व्यवस्थापन तथा चुनावी प्रचार प्रसारमा २ लाख २० हजार, घरदैलो र मतदाता प्रशिक्षणमा १ लाख १३ हजार, २५ वटा बुथका लागि बुथ एजेन्ट खर्च बापत १ लाख ४३ हजार ७५८, सभा गोष्ठी र खाजा खानामा ७८ हजार ५०० र सञ्चार तथा पानी लगायतका विविध फुटकर खर्चमा १८ हजार ४०० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

ढकालले आफूलाई विभिन्न स्रोतबाट ७ लाख ५५ हजार रुपैयाँ आम्दानी भएको र अझै २ लाख १५ हजार ३५८ रुपैयाँ तिर्न÷बुझाउन बाँकी रहेको समेत उल्लेख गरेका छन् ।

ढकालले २०८२ साल फागुन २१ मा सम्पन्न निर्वाचनमा तेस्रो स्थानको ८ हजार ३१७ मत प्राप्त गरेका थिए । यस निर्वाचन क्षेत्रबाट ५५ हजार भन्दा बढी मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुविना आचार्य निर्वाचित भइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।