विराटनगर । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले कोशी प्रदेशको मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपात हुनसक्ने देखिएको छ।
आज राति पनि कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। राति कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेशको हिमाली क्षेत्रमा वर्षा र हिमपातको क्रम राति पनि जारी रहने महाशाखाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।