संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाबाट प्रहरीले एक थान अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका वडा नं. ४ सिप्रुङ गाउँ बस्ने ६२ वर्षीय धनमान विश्वकर्मा रहेका छन्।
आफ्नो घरमा बिना इजाजत भरुवा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरी टोलीले विश्वकर्माको घरमा खानतलासी गर्दा कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा थान १ खाली भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
पक्राउ परेका विश्वकर्मालाई फागुन २५ गते नियन्त्रणमा लिई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।