विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै मतदानस्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार बिहान ११:३० बजेसम्म मोरङका ६ वटै निर्वाचन क्षेत्रमा कुल १ लाख २६ हजार ५१५ मत खसेको छ, जुन कुल मतदाता संख्याको १६.१७ प्रतिशत हो ।
कुल खसेको मतमध्ये पुरुष मतदाता ६६,७२२ र महिला मतदाता ५९,७९३ रहेका छन् । मोरङको निर्वाचन क्षेत्र नं. १ मा यस क्षेत्रमा ७,४९३ पुरुष र ६,४९१ महिला गरी कुल १३,९८४ मत खसेको छ । यो कुल मतदाताको १०.८८ प्रतिशत हो । निर्वाचन क्षेत्र नं. २ मा ११,५२२ पुरुष र १०,१०४ महिला गरी कुल २१,६२६ मत, निर्वाचन क्षेत्र नं. ३: मा ८,२९० पुरुष र ७,८९४ महिला गरी कुल १६,१८४ मत (१०.२४ प्रतिशत), निर्वाचन क्षेत्र नं. ४ मा ११,३४७ पुरुष र ९,८०० महिला गरी जम्मा २१,१४७ मत, निर्वाचन क्षेत्र नं. ५ मा १२,०६७ पुरुष र ११,११३ महिला गरी २३,१८० मत खसेको छ जुन २१.०४ प्रतिशत हो । निर्वाचन क्षेत्र नं. ६ मा १६,००३ पुरुष र १४,४७१ महिला गरी कुल ३०,४७४ मत खसेको छ । यो २२.११ प्रतिशत मतदान हो ।
तथ्याङ्कअनुसार मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. ६ मा सबैभन्दा धेरै मत खसेको छ । यहाँ बिहान ११:३० बजेसम्म ३० हजार ४७४ मत खसेको छ, जुन प्रतिशतका आधारमा पनि सबैभन्दा बढी (२२.११%) हो ।
जिल्लाभरका ८८८ मतदान केन्द्रहरूमा मतदान प्रक्रिया सुचारु रहेको छ र दिउँसो मतदान गर्नेहरूको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।