विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर लिएर झापातर्फ उडेपछि उनलाई फर्काइको खुलेको छ ।
काठमाडौँमा मतदान गरेर झापा हानिएका उनको हेलिकप्टर झापामा ल्याण्ड हुन नसकेको बताइएको थियो । तर, यथार्थमा निर्वाचन आयोगसँग हेलिकप्टर चढ्ने अनुमति नलिएका कारण आयोगले उनलाई काठमाडौं नै फर्काइदिएको स्रोतले जनाएको हो ।
त्रिभुवन विमानस्थल कार्यालय श्रोतका अनुसार उनी सवार हेलिकप्टर ओखलढुंगाको आकाशबाटै फिर्ता गरिएको छ। हेलिकप्टर चार्टर्ड गरेर झापा हिँडेका बालेनलाई काठमाडौं नै फिर्ता पठाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गराइएको छ।
उनले निर्वाचन आचारसंहिताविपरीत हेलिकप्टर प्रयोग गरेको मौखिक उजुरी परेपछि निर्वाचन आयोगले तत्कालै नागरिक उड्ययन प्राधिकरणलाई भनेर बीच बाटोबाटै फर्काइदिएको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।