विराटनगर । प्रतिनिधि सभा निर्वाचनको सर्वाधिक चर्चामा रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले कमल गाउँपालिका १ बाँसबारीस्थित केन्द्रबाट मतदान गरेका छन् ।
झापा ५ का बहुचर्तित उम्मेदवारहरुमध्ये केपी शर्मा ओली र बालेन्द्र साह भक्तपुर र काठमाडौंबाट मतदान गर्दा तामाङले भने आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका हुन् । यो निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीका दुई दाबेवारसँग तामाङले कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।