विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज बिहीबार जारी मतदानमा कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३१० जना मतदाताले भाग र्दिदैछन् । कोशी प्रदेशमा प्रत्यक्षतर्फ २८ सीटका लागि मतदान हुनेछ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर ४ हजार २७० मतदान केन्द्र तोकिएका छन् । यसपटक कोशी प्रदेशबाट प्रतिनिधिसभाका लागि ४९५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले मतदान केन्द्र निर्माणदेखि सुरक्षाकर्मी परिचालनसम्मका सबै प्राविधिक र व्यवस्थापकीय काम सम्पन्न भइसकेको जानकारी दिए । दंगालले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिँदै निर्धक्क भई मतदान गर्न सबै मतदातालाई अपिल समेत गरेका छन् ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन कोशी प्रदेशमा विशेष सुरक्षा रणनीति अपनाइएको छ । प्रदेशभर १२ हजार नेपाल प्रहरी र २३ हजार निर्वाचन प्रहरी गरी कूल ३५ हजार सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।