विराटनगर । जनमत पाटीका उम्मेदवार जीवन गुप्ताले मोरङ क्षेत्र नम्बर ४ मा नेकपाका उम्मेदवार अमनलाल मोदीलाई समर्थन गर्ने घोषणा गरेका छन्।
मौन अवधि सुरु हुनु अगाडि आईतबार साँझ गुप्ताले प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेद्वारी निष्क्रिय पार्दै मोदीलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।
गुप्ताले मोरङ–४ को समग्र विकास, जनभावनाको कदर र जनताको पक्षमा काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मोदी त्यसका लागि उपयुक्त उम्मेदवार रहेको बताए। “मोरङ क्षेत्र नम्बर ४ का लागि आवश्यक नेता अमललाल मोदी नै हुनुहुन्छ। उहाँलाई विजयी गराउन सम्पूर्ण मतदातामा आग्रह गर्दछु,” गुप्ताले भने।
उनले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मोदीलाई समर्थन गर्दै मोरङ–४ का मतदातालाई विकासको पक्षमा मतदान गर्न आह्वान समेत गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।