लोड हुँदैछ...

मेनु

नोबेल मेडिकल लापरबाही मुद्दाको पेशी स्थगित, चैत ८ मा सुनुवाई हुने

नोबेल मेडिकल लापरबाही मुद्दाको पेशी स्थगित, चैत ८ मा सुनुवाई हुने

विराटनगर । विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा भएको भनिएको चिकित्कीय लापरबाही सम्बन्धी मुद्दाको आज तय भएको सुनुवाइ स्थगित भएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको उक्त पेसी प्रतिवादी पक्षको अनुरोधमा स्थगित गरिएको हो ।

सुनसरीको इनरुवाकी विमला थापा पोखरेलको मृत्युको विषयलाई लिएर दर्ता भएको मुद्दाको अर्को पेसी आगामी चैत ८ गतेका लागि तोकिएको छ । २०८१ सालमा फोक्सोको उपचारका लागि भर्ना भएकी विमलालाई श्वासप्रश्वासमा समस्या हुँदाहुँदै ‘मोर्फिन’ नामक औषधी चलाइएका कारण मृत्यु भएको दाबी गर्दै उहाँका श्रीमान् महेश्वर पोखरेलले मुद्दा दर्ता गरेका थिए ।

पीडित पक्षले पाँच करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेको यो मुद्दा मोरङकै ठुलो उपभोक्ता अधिकार सम्बन्धी मुद्दाका रूपमा हेरिएको छ । अदालतले नेपाल मेडिकल काउन्सिलबाट प्राविधिक प्रतिवेदन र अस्पतालबाट उपचारका कागजातहरू बुझिसकेको अवस्थामा आज फैसला हुने अपेक्षा गरिए पनि प्रतिवादी पक्षले पेसी सारेपछि मुद्दाको किनारा लाग्न अझै केही समय पर्खिनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।