लोड हुँदैछ...

मेनु

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रा बरामद

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रा बरामद

काठमाडौं । ठूलो परिमाणको विदेशी मुद्रासहित काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना स्विडिस नागरिक पक्राउ परेकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट उनलाई पक्राउ गरिएको हो ।

बाहिर लैजाँदै गरेको मुद्रासहित ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खान्द्रोलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट साढे १० हजार , २६ हजार ७०० युरो , ७ हजार ४०० चिनियाँ युआन र ४३ हजार फेम हन्ड्रा क्रोनर बरामद भएको प्रहरीले जनाएको छ । उनलाई गएराति पक्राउ गरिएको प्रहरीले ज नाएको छ । उनी सिचुवान एयरलाइन्सको उडानमार्फत चीन जाँदै थिइन् ।

खान्द्रोलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।