लोड हुँदैछ...

मेनु

दुई दिनपछि हट्यो गौरको कर्फ्यु, सद्भाव र्याली निकालियो

दुई दिनपछि हट्यो गौरको कर्फ्यु, सद्भाव र्याली निकालियो

जनकपुर । सामाजिक सद्भाव खलबलिने अवस्था उत्पन्न भएपछि रौतहटको गौरमा दुई दिनअघिबाट लगाइएको कर्फ्यु हटेको छ । कर्फ्यु हटेपछि बिहान नागरिक समाजको अगुवाइमा गौर–६ सबगढामा शान्ति सद्‍भाव र्‍याली निकालिएको छ । सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित गाउँ परिक्रमा गरेको छ ।

गाउँमा शान्ति कायम राख्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तथा प्रशासनसहितको र्‍याली निकालिएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले अहिले बिहान ६ बजेदेखि कर्फ्यु हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।